कास्कीकाे लेवाडेमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पर्वतकी एक किशोरीको मृत्यु, बाबु गम्भीर घाइते

पर्वत ।

कास्कीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पर्वतकी एक किशोरीको मृत्यु भएको छ ।

आईतबार बिहान अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा पोखराबाट पर्वततिर आउँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा जाँदै  गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार पर्वतको कुश्मा नगरपालिका ४ की १८ वर्षीया सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतक सविनाको बुबा (मोटरसाइकल चालक) ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते भएका छन् । उनको मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भइरहेको छ ।

फरार रहेका कार चालक सम्पर्कमा आइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *