पर्वतमा ११ वडाको नतिजा सार्वजनिक , १० वडामा एमाले, १ वडामा गठबन्धन बिजयी

पर्वत ।

पर्वतमा हालसम्म ११ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जलजला गाउँपालिकाका चार वडाको मतपरिणाम सार्वजनिक हुँदा चार वटै वडामा नेकपा एमाले बिजयी भएको छ । वडा नं १, २ , ३ र ४ मा एमाले बिजयी भएको हो । यस अघि २०७४ जलजलाका २,३, र ४ मा नेपाली कांग्रेसले चुनाब जितेको थियो । त्यसैगरी महाशिला गाउँपालिकामा दुई वडाको परिणाम सार्वजनिक भएको छ । वडा नं १ होश्राङदी र वडा नंं २ भोक्सिङको परिणाम सार्वजनिक भएको हो ।

जसमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । त्यसैगरी पैंयु गाउँपालिकाका २ वडाको मतपरिणाम सार्वज्निक भएको छ । वडा नं १ टकलाकमा नेपाली काँग्रेसका मिनप्रसाद न्यौपाने र वडा नं २ त्रिवेणीमा एमालेका नरभुपाल काफ्ले बिजयी हुनुभएको छ । यता फलेवास नगरपालिका वडा नं ११ पाङराङको मतगणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।

त्यसैगरी बिहादीको वडा नं १ बाच्छाको परिणाम सार्वजनिक भएको छ । जसमा एमालेका चित्रबहादुर गुरुङ सहित सवैजना बिजयी हुनुभएको छ । मोदी गाउँपालिका १ भुकमा पनि एमालेका टेकबहादुर गुरुङ बिजयी हुनु भएको छ । गणना भएका मध्ये फलेबास, जलजजा, मोदी, महाशिला र पैंयुमा एमालेको अग्रता छ भने विहादी र कुश्मामा गठबन्धनको अग्रता देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *