मोदीमा गठबन्धनको दोस्रो जीत, वडा नं ५ मा दुई मतले कांग्रेसका मान बहादुर अधिकारी बिजयी

पर्वत ।

कम्युनिष्टको बलियो किल्लाको रूपमा गनिदै आएको  जिल्लाको मोदी गाउँपालिका वडा न ५ बाजुङमा यस पटक नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडा अध्यक्ष मानबहादुर अधिकारी झिनो मतका साथ विजयी भएका हु्न् ।

यो सँगै गठबन्धनले मोदीको दुई वडाध्यक्ष हात पारेको छ । यस अघि वडा नं ४ मा पनि कांग्रेसका मोहन चोचाँगी पुन वडाध्यक्ष बिजयी भै सकेका छन् ।

विगतका संसदीय एबम् स्थानीय चुनावहरुमा नेकपा एमालेले भारी मतान्तरले जित्ने गरेको भए पनि यस पटक भने नेकपा एमालेका गाउँ पालिका पार्टी अध्यक्ष समेत रहेका प्रतिस्पर्धी उम्मेदवार तेज बहादुर क्षेत्रीलाई  २ मतले हराउँदै अधिकारीले वडाअध्यक्ष जितेका छन् ।

एमालेका तेज बहादुर क्षेत्रीले  कुल १११२ मत ल्याउँदा कांग्रेसका अधिकारीले १११४ मत ल्याएका छन् । अन्य ४ जना वडा सदस्य भने नेकपा एमालेले नै जितेको छ ।

लामो समय सम्म तत्कालीन गाविस सचिवको रूपमा काम गरेका  अधिकारी लोकप्रिय नेताका रूपमा चिनिन्छन् । २०७४ काे स्थानीय निर्वाचनमा अधिकारी  वडाध्यक्षको उम्मेदवारमा एमालेका दल बहादुर मल्लबाट पराजित भएका  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *