शान्ति सुवेदी
मोदी, पर्वत ।
अन्नपूर्ण हिमाल सफल आरोहण भएको दिन जुन ३ काे सम्झनामा जुन ३ र ४ अर्थात जेठ २० र २१ दुईदिन सम्म पदयात्रा गर्दै ‘अन्नपूर्ण डे’ भव्य रुपमा मनाइएको छ । पर्वतको दुर्लुङकोटबाट हलहले हुँदै लेस्पारसम्म करिब चार घण्टा पदयात्रा र जुन ४ का दिन लेस्पारदेखि क्याङ, बाजुङ हुँदै पातीचौरसम्म करिब पाँच घण्टाको पदयात्रा सकेर मनाइएको हो ।
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सम्झनामा ‘अन्नपूर्ण डे’ मनाइन्छ । अन्नपूर्ण प्रथम हिमालको विशिष्ट महत्व रहेको बताउँदै ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशील पौडेलले यो ‘अन्नपूर्ण डे’मनाउँदै गर्दा नेपाललाई विश्वमाझ चिनाउन यसले टेवा पु¥याउने बताए । यही कारण हिमाल आरोहणको क्षेत्रमा यसलाई जेठो हिमालका रूपमा लिने गरिन्छ । जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण भएको उपलक्ष्यमा प्रत्येक वर्ष यसै दिन अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) मनाउने गरिएको उनले बताए ।
आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले मोदी गाउँपालिकालाइ पर्वतको घान्द्रुकका रुपमा चिनाउन गाउँपालिकाले प्रयास गर्ने बताउनुभयो । उहाले विगतको कार्यकालमा गाउँपालिकाले पर्यटन प्रवद्धन गर्न आफ्ना निती तथा कार्यक्रममा समावेश गर्दै लेस्पार सहितका वडाहरुलाइ पर्यटन हवका रुपमा चिनाउन टान सहित पर्यटन मनलयहरुसँगको सहकार्यका हातेमालो गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।मोदी गाउँपालिकाले ५० लाख रुपयामा होमस्टे लगायतका पर्यटनमुखी कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले मोदी गाउँपालिका जिल्लाकै उच्च पर्यटकीय क्षेत्रको अगुवा गर्ने पालिका रहेको भन्दै लेस्पार र यसको होमस्टे सहित छिमेकी जलजलाका गन्तव्यहरुको संरक्षण गर्दै पर्यटकलाइ भित्राउने बताए ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशील पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो,कार्यक्रममा टानका कार्यक्रम संयोजक कृष्ण आचार्य,लेस्पार होमस्टेका उपाध्यक्ष नृसिहं पुन,विशेष अतिथी थमनसिंह गौतम,टानका सल्लाहाकार रामचन्द्र शर्मा लगातले बोल्दै टान पश्चिमालका व्यवसायीहरुको नजरमा लेस्पार परेको भन्दै आन्तरीक तथा बाह्यि पर्यटक भित्राउने बाचा गरेका थिए ।
स्थानीय पर्यटन व्यवसायी युवा टिका पुनले कार्यक्रममा मोदी गाउँपालिकाको वृतचित्र सार्वजनिक गरेका थिए । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका सहसचिव रमेश अधिकारीले कार्यक्रमको संचालन गरेका थिए ।
