काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले जानकारी दिए ।
उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने उनले बताए ।
सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।