गणित, विज्ञान,अंग्रेजी र नेपालीमा विषयगत शिक्षक अभाव बढी (दरबन्दी विवरण सहित)

काठमाण्डाै

गणित,विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो । निमाविमा अंग्रेजी ६२२, नेपाली ४३६ र विज्ञानमा ४४० दरबन्दी रिक्त रहेको छ । त्यसैगरी माविमा विज्ञान ४३३, अंग्रेजी ३१३ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ ।

केन्द्रले आयोगमा पठाएको विवरण अनुसार खुला तर्फ निमाविमा सामाजिक ३५२, गणित विज्ञान ३६४, गणित ३७०, ऐच्छिक प्रथममा ९ गरी जम्मा २ हजार ५९३ दरबन्दी रिक्त रहेका छन् ।

त्यसैगरी माध्यमिक तहमा नेपाली २३०, सामाजिक २०१,गणित २२८, ऐच्छिक प्रथममा १८, र ऐच्छिक द्वतीयमा ५९ गरी जम्मा १ हजार ५४२ शिक्षक दरबन्दी रिक्त रहेका छन् ।

त्यसैगरी देशैभर प्राथमिक तहमा १२ हजार ९१२ दरबन्दी रिक्त रहेका विवरण पठाएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

तह

विषय

रिक्त पद संख्या

जम्मा खुला तर्फ

प्राथमिक १२९१२ १२९१२
निम्न माध्यमिक  नेपाली ४३६
अंग्रेजी ६२२
सामाजिक ३५२
गणित विज्ञान ३६४
गणित ३७०
विज्ञान ४४०
ऐच्छिक प्रथम २५९३
मावि नेपाली २३०
अंग्रेजी ३१३
सामाजिक २०१
गणित २२८
विज्ञान ४३३
ऐच्छिक प्रथम १८
ऐच्छिक द्वतीय ५९ १५४२

त्यसैगरी ७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ३४८ र द्वतीय श्रेणीका लागि १ हजार २७५ दरबन्दी बढुवाका लागि आयोगले सिफारिस गर्नु पर्ने भएको छ ।

त्यसैगरी निमावि तर्फ ७५ प्रतिशत आन्तरिक बढुवाका लागि७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ७० र द्वतीय श्रेणीका लागि ३६८ र माविका लागि प्रथम श्रेणीका लागि ११० र द्वतीय श्रेणीका ३७१ शिक्षक आयोगले छनोट गरेर सिफारिस गर्ने गरी केन्द्रले आयोगलाई रिक्त शिक्षक दरबन्दी विवरण पठाएको छ ।

त्यसैगरी, २५ प्रतिशत विज्ञापनका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि १०४ र द्वतीय श्रेणीका लागि ४१८, निमावि तर्फ प्रथम श्रेणीका लागि ८ र द्वतीय श्रेणीका लागि ११० र माविका लागि प्रथम श्रेणीका लागि १४ र द्वतीय श्रेणीका ११३ गरी शिक्षक छनोट गर्ने अधिकार केन्द्रले आयोगलाई दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *