
गाउँपालिका–२ देउपुर स्थित जननेत्र माध्यमिक विद्यालयमा स्मार्ट कक्षा समुद्वघाटन भएको छ । जननेत्र मावि भूतपूर्व विद्यार्थी मञ्चको आर्थिक सहयोगमा स्मार्ट कक्षा सञ्चालन हुन लागेको हो । शैक्षिक सत्र २०७८÷०७९ मा विद्यालयमा जडान गरिएका ११ थान ५० इन्चका स्मार्ट टेलिभिजन तथा १३ थान सी.सी. क्यामेरा र १ थान इन्भर्टर जडान गरीएको हो । विद्यार्थीहरुलाई प्रविधियुक्त शिक्षण सिकाइमा जोड्नका लागि स्मार्ट कक्षा सञ्चालन गरीएको बताईएको छ । स्मार्ट कक्षा कोठाको समुद्घाटन राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्ला भरीनै स्मार्ट कक्षा सञ्चालन गर्ने तयारी भएको र विद्यार्थीहरुको उज्जल भविष्यको लागि प्रविधियुक्त सिकाईलाई प्रथामिकता दिने बताउनुभयो । गण्डकी प्रदेशका माननिय सासंद ललितकला गुरुङले आफ्नो रहरहरुलाई कटाएर प्रविधिमैत्री विद्यालय बनाउन खटनुहुने स्वदेश तथा विदेश मा रहनुभएका सम्पुर्ण भुतपुर्व विधार्थीहरुमा उच्च सम्मान गर्नुभयो । मोदीगाउपालिका भरीनैै स्मार्ट कक्षा सञ्चालन गर्ने र शिक्षक विद्यार्थीहरुमा थप उर्जा थपिने गाउपालिका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । जननेत्र मावि भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष देवेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुद्र प्रसाद शर्मा गर्नुभएको हो ।
