महिलालाई आत्मनिर्भर बनाउने खालका रोजगारमूलक कार्यअगाडि बढाउने पालिका अध्यक्ष शर्माको भनाई,

महिलालाई आत्मनिर्भर बनाउने खालका रोजगारमूलक कार्यलाई अगाडि बढाउने मोदी गाउपालिकाका अध्यक्ष हिरा देवी शर्माले बताउनुभएको छ ।   महिलाहरू आफैँ सक्षम नहुँदा परनिर्भर बन्नुपर्ने बाध्यताको अन्त्य गर्न स्वरोजगारमूलक र सीपमा आधारित कार्यक्रमलाई अगाडि बढाएर देशभरका महिलालाई सन्देश दिने खालको काम गर्ने बताउनुभएको छ ।  । महिलाहरू पनि अध्यक्ष वा प्रमुख भएर काम गर्न सक्छन् भन्ने उदाहरण दिँदै देशभरका महिलाको शिर उँचो हुने गरी काम गर्ने शर्माले जानकारी दिनुभयो  ।
शिक्षा सेवामा लामो समय काम गर्नुभएकी शर्माले गाउँपालिकाको नेतृत्व सम्हालेपछि देशभरकै महिलाको शिर ठाडो पार्नेगरी काम गर्ने अठोट लिनुभएको छ । चुनावका बेला जनतालाई वाचा गरेअनुसार गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, आधुनिक कृषि तथा पशुपालन प्रणालीमार्फत गाउँमै रोजगारीका अवसर, स्थानीय साधन स्रोतको उपयोगमार्फत स्वरोजगारका कार्यक्रमलगायत विभिन्न योजना बनाएर लाग्ने उहाँको भनाइ छ । आफू महिला भएको नाताले पनि पालिकाबाट प्रसूति–सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको र अब केही दिन भित्रनै एम्बुलेन्स मोदी गाउपालिकामा भित्राउने तयारी भएको शर्माले बताउनुभयो । यसबाट विशेषगरी सुत्केरी महिलाले निःशुल्क सेवा साथै पालिकाभरिका जनताले सेवा पाउने छन । मोदी पालिका अध्यक्ष शर्माले आफूहरूको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम, पर्यटन, पूर्वाधार विकास र सामाजिक विकास पर्ने बताउनुभयो  । यी सबै क्षेत्रको काम समान ढङ्गले अगाडि बढाउन सके मात्रै जनताले आशा गरेको प्रतिफल पाउन सक्ने उहाँको बुझाइ छ । आफूहरू विशेषगरी महिला, जनजाति र पहुँच नहुनेहरूका लागि विशेष कार्यक्रम लिएर जनतामाझ जाने जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *