आउँदो मङ्गलवारदेखि देशभर ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ ।

आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले दक्षिणतर्फ राेकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

मङ्गलवार रातिदेखि तीन/चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आउने मङ्गलवारदेखि केही दिन सकेसम्म यात्रा नगर्न पनि मौसमविद्ले सल्लाह दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *