मध्यपहाडी लोकमार्गको पर्वत चुवा खण्ड पहिरोले बन्द

पर्वत ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–कुश्मा सडक अन्तर्गतको चुवा खण्डमा पहिरो जाँदा यातायात बन्द भएको छ।

निरन्तर परेको पानीका कारण सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बाटो बन्द भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार पानी नरोकिएसम्म पहिरो हटाउने काम थाल्न कठिन छ।

पोखरा–कुश्मा सडक खण्ड अघिल्लो वर्ष मात्रै स्तरोन्नति गरेर सम्पन्न भएको हो।

बर्खामा सडकमाथि रहेका ढिस्को र ढुङ्गा निरन्तर झर्ने गरेको छ । पर्वतको मालढुङ्गादेखि कास्कीको नयाँ पुल क्षेत्रसम्म यात्रा जोखिमयुक्त हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *