सामुदायिक विद्यालय कर्मचारी र मन्त्रालयबीच सहमति

काठमाडौं ।

सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ ।

यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालय सहित वार्ता हुनुपर्ने परिषद्ले अडान लिएपछि शुक्रबार अर्थमन्त्रालय सहित वार्ता हुने परिषदका महासचिव शान्तिनाथ योगीले जानकारी दिए । उनले भने, ‘हिजोको वार्ता एकदमै सकारात्मक भएको छ । तर शिक्षा मन्त्रालयसँग मात्रै गर्दा विगतको जस्तै हुने डरले गर्दा अर्थमन्त्रालयसँग पनि वार्ता गर्नुपर्छ भनेर भोलि (शुक्रबार) सबै पक्षबीच वार्ता बस्ने तयारी भइरहेको छ ।’

आन्दोलनलाई सहमतिमा मात्र नभई व्यावहारिक रुपमा नै निर्णायक बनाउन अर्थमन्त्रालयको भूमिका सकारात्मक हुनुपर्ने परिषद्को भनाइ छ । लेखापाल ३६ हजार ७ सय, विद्यालय सहयोगीका लागि २६ हजार २ सय पारिश्रमिक दिई स्थायी नियुक्तिको माग गर्दै विद्यालय कर्मचारी आन्दोलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *