देउपुर गुरुङ तमु समाज घरको समुदघाटन भएको छ । मोदि गाउपालिका ३ देउपुर देउराली जोगीथुममा अवस्थित समाज घरको उद्घाटन भएको हो । गण्डकी प्रदेश सांसद माननीय ललित कला गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गुरुङले देउपुर बासी देश विदेशमा छरीएर रहेता पनि आफ्नो जन्मभुमिको मायाले गर्दा आज समाज घरको सम्पन्न गरी उद्घाटन गर्न पाएकोमा खुसी व्यतm गर्नुभयो । विदेशमा छरीएर बस्नुभएका देउपुर देउरालीका तमु तथा गुरुङ समुदायका व्यतिmहरु ,गण्डकी प्रदेश सांसद विकास कोष,मोदी गाँउपालिका ,वडा २ र ३ तीनको आर्थिक सहयोगमा सम्पन्न भएको समाज घर पचास लाखमा रुपौँया लगानी रहेकोसमाज घरकाअध्यक्ष प्रेम कुमार गुरूङले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि मोदी गाँउपालिका अध्यक्ष हिरा देवी शर्माले शिक्षा,स्वास्थ्य, सडक, खानेपानी सगँसगँै यस्तै संरचनाहरुको पनि विकास गदै जानुपर्ने बताउदै समाज घरले भाईचाराको भावाना विकास हुने बताउनुभयो । मोदी गाँउपालिका वडा नम्वर २ र ३ वडा अध्यक्ष बेलबहादुर कार्की र देवेन्द्र बहादुर क्षेत्रीले पनि सम्पुर्ण गुरुङ तमु समाजका ब्यतिmत्वहरु लाई बधाई ज्ञापन गर्नुभयो ।गण्डकी प्रदेश ज्योतिष संयोजक विष्णु सुबेदीले भगवानहरु खेल्ने रमाउने यस पुण्य भुमिमा देउपुर देउरालीमा यस्ता सतकर्म गर्ने ब्यतिmहरुको अझ खाचो भएको बताउनुभयो ।
देउपुर गुरुङ तमु समाज घरलाई अझै ब्यवस्थीत गदैँ लैजाने बताईएको छ ।