राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा नेपालका लागी अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्पÞmले मोदी गाउँपालिकाको भ्रमण गर्नुभएको छ । वोल्पÞmले मोदी गाँउपालिका भित्रका वडाहरुमा अवलोकन तथा भ्रमण गर्नुभएको हो । मोदी गाँउपालिकामा स्वागत गर्दै वडा २ र ५ पातिचौरमा वृक्षारोपण पनि गरीएको छ । यसै क्रममा राजदुत महामहिम फेलसिटि वोल्पÞmले मोदी गाउँपालिकाको स्वास्थ्य,शिक्षा,कृषि र पर्यटन क्षेत्रमा विशेष चासो राख्दै मोदी गाउँपालिकाको पर्यटन दुत बन्ने ईच्छा व्यक्त गर्नुभएको छ ।
मोदीका विद्यालयहरुको प्रगती विवरण जान्नका लागि जन नेत्र माध्यमिक विद्यालयमा रास्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,नेपालका लागि अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्पÞm, संविधान सभाका सदस्य कल्पना चापागाईं, गण्डकी प्रदेश सभाका नवनिर्वाचित माननीय सांसद भक्त कुँवर, मोदी गाउँपालिका अध्यक्ष हिरा देबी शर्मा, विश्व स्वास्थ्य संगठनका ड़ा. सुनर बर्मा, प्रमुख प्रशासकीय अधिकृत कमल गौतम लगायतको उपस्थिती रहेको कार्यक्रममा बोल्दै नेपालका लागि अस्ट्रेलियन राजदूत महामहिम फेलसिटी ओल्फले शिक्षा भन्दा महत्वपूर्ण कुरा अरू केही हुन नसक्ने भन्दै गुणस्तरीय शिक्षाका लागि समर्पित भएर लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले बालबालिकाहरुलाई उच्च लक्ष्य र उच्च सपना लिएर सुन्दर भविष्यको निर्माणमा जुट्न प्रोत्साहन गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक दिपक शर्मा, विद्यार्थी सन्दिप चापागाईले स्वागत मन्तब्य राख्नु भएको थियो भने सञ्चालन शिक्षक देवेन्द्र गिरीले गर्नु भएको थियो । 