विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल प्रवेशका लागि जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा नेदरल्याड्सजिरुद्ध अग्रता बनाएको छ । कतारस्थित लुसाइल रंगशालामा जारी खेलमा अर्जेन्टिनाका लागि मोलिनाले गोल गरेका हुन् ।
उनले खेलको ३५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । स्टार खेलाडी मेस्सीको सटिक पासमा उनले गोल गर्न सफल भएका हुन् । मोलिनाको २५ खेलमा यो पहिलो गोल हो ।