पोखराबाट गाँजासहित एक युवक पक्राउ

कास्की

पोखराबाट गाँजासहित एक युवक पक्राउ परेका छन् । पोखरा–३० पावर हाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माथागढी गाउँपालिकाका २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका हुन् ।
काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको बसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अजयलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *