पोखरामा भएको विमान दुर्घटनामा कुस्मा नगरपालिकाका पाँच जनाको मृत्यु

पर्वत।

आज पोखरामा भएको यति एयरलाइन्स काे विमान दुर्घटना मा पर्वत कुस्मा नगरपालिका का पाँच जनाले ज्यान गुमाएका छन् ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा पर्वत कुश्मा नगरपालिका -१४, आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ कटुवा चौपारी का  अरुण पौडेल, प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेलको सनाखत भएको छ ।

दुर्घटनामा कुश्मा नगरपालिका- ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र  वर्ष ११ कि प्रसिद्धि पौडेल बाबु छोरी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *