नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी गृह जिल्ला आउनुभएको छ । बुधवार नेकपा एमाले मोदी गाउपालिकाले राखेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उहाले पर्वतको विकासका लागि अहोरात्र खटेर काम गर्ने बताउनुभयो । मन्त्रीले पहिलो प्राथमिकतामा प्रत्येक वडाहरुको स्वास्थ्य चौकीको स्तर उन्नती गरी वडाबाट नै स्वास्थ्य सुविधा दिने तयारी गर्ने बताउनुभयो । जिल्लाका प्रत्येक पालिकाहरुमा अस्पताल निर्माण गर्ने प्रत्यक स्वास्थ्य ईकाइबाट न्युनतम सेवा मापदण्ड अनिवार्य रुपमा कार्यन्यन गर्ने , जिल्लाको स्वास्थ्य चौकी वा अस्पतालमा कम पुर्वाधारहरुलाई छिटै नै पुरा गर्ने मन््रत्री गिरीको भनाई छ । ‘देशको गम्भीर विषय भनेको स्वास्थ्य र शिक्षाका सवालहरु हो ’यसलाई सहज ढङ्गबाट सेवा दिने वातावरण बनाउने मन्त्री गिरीले बताउनुभयो । अझै देशमा स्वास्थ्य जनशक्तिको अभाव रहेको र अपुग भैरहेको जनशक्ति व्यबस्थापनलाई पनि ध्यानमा राखेर विरामीहरुलाई सहज ढङ्गबाट स्वास्थ्य उपचार गराउने मन्त्री गिरीले बताउनुभयो । बुधबार नै मन्त्री गिरीले साताँै पर्वत महोत्सवको उद्घाटन गर्नुभएको छ ।