पर्स्याङको खुँडे पोखरीमा डुबेर एक बालकको मृत्यु

पोखरा ।

कास्कीको पोखरा महानगरपालिका ५ पर्स्याङको एक पोखरीमा ४ वर्षीय बालक मृत भेटिएका छन् । सोमबार बेलुकादेखि नै हराएका ४ वर्षीय सुहौन केसी खुडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

सोमबार बेलुका ७ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

त्यसपछि खटिएको प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले बताए । पर्वत घर भएका केसीको परिवार पर्स्याङ धारापानीमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *