काठमाडौँ।
नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपतिका लागि अघि सारेको छ ।
शनिवार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले पौडेललाई मनोनयन दर्ता गर्न लगाउने औपचारिक निर्णय गरेको हो । नेता कृष्णप्रसाद सिटौलाको राष्ट्रपतिमा दाबी रहेको थियो । शुक्रवार रातिको नेकपा माओवादी सहितको ८ दलीय बैठकले काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए ।