तेस्रो राष्ट्रिय सभा सम्माननिय अध्यक्ष कप २०७९ काे अवसरमा आयोजित मोदी गाउँ पालिका अन्तर वडा शिक्षक हाजिरी जवाफ प्रतियोगितामा वडा नं ६ तिलाहारले प्रथम स्थान हासिल गरेको छ ।
मोदी गाउँ पालिकाद्वारा आईतबार नमुना गाउँ भुक देउरालीमा आयोजित सो प्रतियोगितामा वडा नं ७ राम्जा देउराली द्वितीय र वडा नं ३ देउरालीको शिक्षक समुह तृतीय भएका छन् ।
त्यसै गरी वडा नं २ देउपुर र वडा नं ५ बाजुङ का शिक्षक समुह हरुले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
सो प्रतियोगितामा गाउँपालिकाका आठ वटै वडाका आठ शिक्षक समुहहरुले प्रतिस्पर्धा गरेका थिए । प्रथम , द्वितीय र तृतीय हुने समुहले क्रमशः १५ हजार , २० हजार र ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।
