राष्ट्रिय सभा अध्यक्ष कप पुरुष भलिबलको उपाधि बिहादीले जित्यो

मोदी ,पर्वत ।

जिल्लाको मोदी गाउँपालिकाकाे भुकमा फागुन २७ गते देखि चैत १ गते सम्म सञ्चालन भएको राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीताकाे पुरुष तर्फको भलिबल खेलको उपाधि बिहादी गाउँ पालीकाले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलमा फलेबास नगरपालिकालाई २/० काे सोझो सेटमा पराजित गर्दै १ लाख ५५ हजार ५ सय ५५ राशिको नगद पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा फलेबास नगर पालिका द्वितीय   र मोदी गाउँ पालिका तृतीय भएका छन् । द्वितीय हुने टिमले १ लाख पाँच हजार ५ से ५५ र तृतीय हुने टिमले ५५ हजार ५ सय ५५ नगद प्राप्त गरेका छन् ।

महिला भलिबल तर्फ धादिङ स्पोर्ट्स क्लबले प्रथम स्थान प्राप्त गर्दै ७७ हजार ७ सय ७७ नगद प्राप्त गरेको छ भने अर्चलबोट क्लब द्वितीय भएको छ ।

मोदी गाउँपालिकाको पर्यटकीय गाउँ भुकदेउरालीमा आयोजना गरिएको उक्त प्रतियोगीता राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको सम्मान स्वरुप तेस्रो पटक आयोजना गरिएको हो ।

प्रतियोगीतामा पर्वत जिल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता लगायतका कार्यक्रमहरूको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *