किशोर मनस्वी/पर्वत
पर्वत जिल्लाकाे माेदी गाउँ पालिका वडा नँ ६ गिज्यान स्थित श्री तुलाेदय माध्यमिक बिधालयमा बिधालय ब्यबस्थापन समिति गठन भएको छ। शिक्षा नियमावली २०५९ काे सामुदायिक बिधालयहरुमा वि.व्य.स.गठन प्रक्रियामा आधारित रहि गठन प्रक्रिया सम्पन्न भएको हो।
गठन प्रक्रिया मा आम अभिभावक भेलाका सँयाेजक गाउँ पालिकाका शिक्षा शाखा प्रमुख प्रकाश बहादुर क्षेत्री काे सँयाेजकत्वमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी ,शिक्षाप्रेमी,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिती रहेको थियोे ।
नवगठित बि.व्य.स. अध्यक्ष बिशाल महत रहनु भएको छ । भेलाले कृष्ण बहादुर मल्लकाेअध्यक्षतामा शिक्षक अभिभावक संघ को कार्यसमितिलाई समेत पूर्णता दिएको छ । साैहार्दतापूर्ण बातावरणमा सम्पन्न कार्यक्रममा सहजिकरण प्रकृयादेखी महत्त्वपूर्ण कार्यमा भूमिका निर्वाह वडा नँ ६ का वडाध्यक्ष दिपेन्द्र जङ् लामिछानेले गर्नुभएको थियोे।
कार्यक्रममा निवर्तमान अध्यक्ष दिपेन्द्र महतले नबगठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कार्यभार हस्तान्तरण गर्नुभएको थियाे भने स्वागत मन्तब्य प्रधानाध्यापक गणेश सुवेदी र खुल्ला सत्र तथा बन्द सत्रकाे सन्चालन सहजिकरण शिक्षक किशोर शर्माले गर्नुभएको थियाे।