प्रहरी निरिक्षक पौडेल उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कारबाट सम्मानित

कास्की ।

वडा प्रहरी कार्यालय स्याङ्जा वालिङका प्रमुख प्रहरी निरिक्षक हरी प्रसाद पौडेलले गण्डकी प्रदेशको उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कारबाट सम्मानित भएका छन् ।

६६ औँ प्रहरी दिवशको अवसरमा निरिक्षक पौडेललाई गण्डकी प्रदेशको उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार बाट सम्मानित भएका हुन् । पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कदरपत्र प्रदान गरेका हुन् ।

विगत एक बर्षदेखि वडा प्रहरी कार्यालय वालिङको प्रमुखको रुपमा कार्यरत पौडेलको नेतृत्वमा लागु औषधीको ट्रान्जिट बन्दै आएको सिद्धार्थ राजमार्गको जालो तोड्न विशेष भूमिका निर्वाह गरेका थिए ।
गल्याङमा ट्याक्टर दुर्घटना गराई लास खोलामा बगाई छिमेकी मुलुकमा लुकेर बसेका अभियुक्त लगायतका अन्य घटनाहरुमा निरिक्षक पौडेलको टोलीले सफलता पाएको थियो ।

यस्तै एकैदिन १ सय ११ जना फ्रहार अभियुक्त समातेको स्याङ्जा प्रहरीले झण्डै आधा संख्याका अभियुक्तहरु पौडेल नेतृत्वको टोलिले समातेको थियो ।

११ जिल्ला मध्येबाट उत्कृष्ट काम र अनुसन्धान गरेर आम जनतामा प्रहरीको गरिमा उच्च बनाउने काम गरेकोले पौडेललाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *