आज देखि एसइइ परीक्षा शुरू हुँदै , मोदी गाउँ पालिका बाट १२ विद्यालयका ३ सय ८ परीक्षार्थी सहभागी हुने

पर्वत
आज देखि सुरु हुन लागेको एसइई परीक्षामा पर्वत जिल्लाबाट ९२ वटा विद्यालयका दुई हजार दुई सय ३६ जना विद्यार्थीहरू सहभागी हुँदै छन्।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलका अनुसार एउटा खुल्ला सहित ९२ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। परीक्षार्थीमध्ये एक हजार एक सय नौ जना छात्रा र एक हजार एक सय २७ जना छात्र रहेका छन्।
यस पटकको परीक्षामा साधारण धारतर्फ नियमित विद्यार्थीहरू दुई हजार एक सय ८७ जना, प्राविधिक धारतर्फका नियमित विद्यार्थीहरू ३० जना र ग्रेड वृद्धितर्फ साधारण धारतर्फका १९ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन्।

यसै बीच मोदी गाउँ पालिकाबाट यस वर्षको एसइइ परीक्षामा १२ विद्यालयका  ३०८ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । गाउँ पालिका भित्र रहेका नबजागृत मावि परीक्षा केन्द्र बाट १३२ जना र  सरस्वती मावि केन्द्र बाट  १७६ जना परीक्षार्थीले परीक्षा दिदैछन् । ती मध्ये २८९ जना साधारण धार तर्फ र १९ जना प्राविधिक धार तर्फका विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *