संखुवासभामा हेलिकप्टर दुर्घटना

काठमाडौं ।
माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा दुर्घटनामा परेको हो ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो ।

त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *