शिक्षा मन्त्रीमा पौडेल

काठमाडौं – नयाँ सरकार गठन भएको ८८ दिनमा बल्ल मन्त्रीपरिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुक्रबार विस्तार गरिएको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालयको राजनीतिक नेतृत्वमा पौडेल आएका हुन् । सांसद भएको पहिलो पटकमै उनी मन्त्री भएका हुन् । २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पौडेल वाम गठबन्धनको समर्थनमा निर्वाचित भएका हुन् । सशस्त्र विद्रोहमा १० वर्ष धेरै भूमिगत भएका उनी २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । भट्टराईले नयाँ शक्ति गठन गरेसँगै उतै गएका पौडेल २०७४ भदौमा माओवादी केन्द्रमै फर्किएका थिए ।

२०२१ साल पुस २८ गते बाग्लुङको अमलाचौर, बड्डाडाँमा जन्मेका पौडेल २०३६ सालमा विद्यार्थी आन्दोलनसँगै राजनीतिमा प्रवेश गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पौडेलले तत्कालिन चौथो महाधिवेशनबाट राजनीति अघि बढाएका थिए । अखिल छैठौंको जिल्ला र केन्द्रको नेतृत्व गरेका उनलाई २०४२ सालमा विद्यार्थीको उपाध्यक्ष हुँदा तत्कालित पञ्चायती शासकले १८ महिना धनगढी जेलमा बन्दी बनाएको थियो । एकता केन्द्रसंगको एकता पछि अखिलको महासचिव बनेका उनी माओवादीले २०५१ सालबाट शुरु गरेको शसस्त्र संघर्षसँगै बाग्लुङको सेक्रेटरीका रुपमा जनयुद्धमा संलग्न भएका थिए ।

सोही समयमा १५ बर्ष सम्म उनले माओवादीले निर्माण गरेका विभिन्न राज्यको ईञ्चार्ज, ब्यूरो ईञ्चार्जको जिम्मेवारी वहन गरेका थिए । जनयुद्धकै क्रममा २०६० सालमा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराईसँगै उनी पनि ६ महिना पार्टिको आन्तरिक कारबाहिमा परेका थिए ।

शुक्रबार विस्तार भएको मन्त्रीमण्डलमा पौडेलसँगै शिक्षा राज्यमन्त्रीको जिम्मेवारी माओवादीकै धनुषाकी सांसद बोधमायाकुमारी यादवलाई दिईएको छ ।यादव माओवादी आन्दोलनका शहीद स्व.राम वृक्ष यादवकी छोरी हुन् । उनलाई माओवादीले शहीद परिवार र मधेसी समुदायको कोटाबाट छनौट गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *