पूर्व उपप्रधानमंत्री रायमाझी काठमाडौंकाे बुढानिकण्ठबाट पक्राउ

काठमाण्डौ ।

नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी आज पक्राउ परेका छन् । फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनका छोरा सन्दीपलाई भने २० बैशाखमै प्रहरीले पक्राउ गरिसकेको छ । रायमाझी बाबु–छोराले बिचौलिया गिरोहबाट पटक–पटक पैसा लिएको पुष्टि भएपछि पक्राउ पूर्जी जारी भएको थियो ।

सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *