आर्थिक वर्ष २०८०/८१को मोदी गाँउपालिका नीति तथा कार्यक्रममा ५७ करोड ९५ लाख बराबरको बजेट सार्वजनिक,

मोदी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार सम्पन्न गाँउपालिकाको १३ औँ गाँउसभाले आगामी आर्थिक बर्षका लागि रु ५७ करोड ९५ लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाँउसभामा प्रवक्ता बेलबहादुर कार्कीले बजेट गाँउपालिका अध्यक्ष हिरादेवी शर्माले नीति तथा कार्यक्रम पेश गनुभएको हो । उतm बजेट मार्फत आन्तरिक राजश्व आय तर्फ १ करोड ५०लाख,विधुत रोयल्टी,पर्वतारोहण,अन्य तर्फ ५ करोड ५० लाख , राजश्व बाँडफाँड प्राप्त रकम केन्द्र तर्फ ८ करोड ४९ लाख ७२ हजार,राजश्व बाँडफाँड प्राप्त रकम प्रदेश तर्फ ७ करोड ५६ लाख ९ हजार ,नेपाल सरकारबाट प्राप्त समानिकरण तर्फ ९ करोड ३९ लाख, प्रदेश सरकारबाट प्राप्त समानिकरण तफ १ करोड १७ लाख ६१ हजार,योजना बजेट २ करोड , ससर्त अनुदान केन्द्र तर्फ २९ करोड १३ लाख,व्यय तर्फ चालु खर्च ७ करोड ५० लाख,समग्र वडागत एंव शाखागत योजना तथा कार्यक्रम खर्च १९ करोड ३२ लाख २ हजार, भुक्तानी बाँकी २ करोड,ससर्त अनुदान खर्च २९करोड १३ लाख आय,व्यय प्रस्तुत गरीएको छ । १४८ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहुआयमिक गरीबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त मोदी निर्माण गर्ने दीर्घकालिन सोच उल्लेख गरिएको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । शर्माले युवाहरुलाई विकासमा सहभागिता सिप मुलक तालिम ,खेलकुद जस्ता कृयाकलापमा अग्रसर गराउने,महिला तथा किशोरी विरुद्व हुने सबै प्रकारका हिसां,विभेद अन्त्य गर्ने जस्ता कुराहरु नीति तथा कार्यक्रममा पेश गरेकोे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *