काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयहरूको शुल्क नियमन गर्ने भएको छ । महानगर भित्र पर्ने निजी विद्यालयहरूलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ मा नयाँ शैक्षिक सत्र २०८०–८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो । महानगरको तथ्याङ्कअनुसार महानगरभित्र ५२० वटा निजी विद्यालयहरू सञ्चालित छन् ।
सबै विद्यालयहरूलाई पत्राचार गर्दै महानगरले असार मसान्तभित्र सो विवरण पठाउन भनेको छ । शुल्क विवरण पेस गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय सहित पेस गर्नु पर्ने महानगरको परिपत्रमा उल्लेख गरिएको छ ।
संस्थागत विद्यालयहरूले महँगो शुल्क लिएको गुनासो पछि ऐनले दिएको अधिकार प्रयोग गरेर पहिलो पटक शुल्क नियमन गर्न लागिएको हो ।