कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरू आन्दोलनमा

काठमाडौं ।

पेसागत सुरक्षाको माग गर्दै माध्यमिक विद्यालयकाे कक्षा १२ र १२ मा अध्यापन गर्ने शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।माध्यमिक विद्यालय शिक्षक युनियनमा आबद्ध शिक्षकहरुले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण बहिस्कार गरी आन्दोलन थालेका हुन् ।

सामुदायिक विद्यालयको कक्षा ११ र १२ अध्यापनमा ६ हजार शिक्षक कार्यरत रहे पनि अहिलेसम्म एक जना पनि स्थायी छैनन् । सरकारले प्रविणता प्रमाणपत्र तह खारेज गरी उच्च माध्यमिक तहको कक्षा ११ र १२ काे व्यवस्था गरे पनि झण्डै तीन दशक बितिसक्दा पनि त्यहाँ कुनै स्थायी दरबन्दी सिर्जना गरेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले भने १२ कक्षाको उत्तरपुस्तिका परीक्षण नियमित रुपमा हुने जनाएको छ । ४ लाख ५० हजार विद्यार्थीको भविष्यसँग जोडिएको उत्तरपुस्तिका परीक्षण बहिस्कार नगर्न शिक्षकहरुलाई परीक्षा बोर्डले आग्रह गरेको छ । उता शिक्षकहरू भने आफना मागहरु पुरा नभए सम्म आन्दोलन नरोक्ने मनस्थितिमा रहेको बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *