इन्धनको मूल्य घट्यो

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्य घटाएको छ । त्यस्तै, नयाँ मूल्यअनुसार तराईमा ७ रुपैयाँ घटेको छ भने सुर्खेत र दाङमा ६ रुपैयाँका दरले घटेको छ ।

निगमले जारी गरेको विज्ञप्तीअनुसार काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेल १५०-१५० रुपैयाँ कायम भएको छ । त्यस्तै तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५, डिजेल मट्टितेल १४७.५–१४७.५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९-१४९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य भने स्थिर रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *