मोदीमा विषयगत शिक्षक समुह गठन

मोदी, पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाका विभिन्न विद्यालयहरूमा अध्यापनरत  अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरूको शनिबार विषयगत समुह गठन गरिएको छ ।

सामाजिक विकास कार्यालय, पर्वतको समन्वय एबम् मोदी गाउँ पालिकाको शिक्षा तथा खेलकुद शाखाद्वारा आयोजित अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्यापन गर्ने शिक्षकहरूको विषयगत शिक्षक समुह गठन कार्यक्रम मोदी सभाहलमा सम्पन्न भएको हो  ।

शिक्षकहरूको भेलाले अङ्ग्रेजी विषय समुहको संयोजकमा जनसिद्ध मावि चित्रेका प्रधानाध्यापक एक नारायण तिमिल्सिनालाई चयन गरेको छ ।

त्यसैगरी गणित विषय संयोजकमा नव जागृत मावि तिलाहारका सहायक प्रधानाध्यापक जीवनाथ शर्मा र विज्ञान विषय संयोजकमा जननेत्र मावि देउपुरका प्रधानाध्यापक  दिपक शर्मा चयन हुनु भएको छ ।

सोही भेलाले दिपक शर्माको संयोजकत्वमा तीन ओटै समुहकाे संयोजन गर्ने गरी सात सदस्यीय विषयगत कार्य समुह समेत गठन गरेको छ भने शिक्षा तथा खेलकुद शाखा प्रमुख झक प्रसाद गौतमको संयोजकत्वमा गाउँ पालिका स्तरीय विषयगत समुह गठन गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख झक प्रसाद गौतमले अङ्ग्रेजी, गणित र विज्ञान विषयको शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि विषयगत शिक्षक समुहकाे भूमिका महत्वपूर्ण हुने बताउनु  भयो । उहाँले समुहको माध्यमबाट शिक्षकहरूबीच अनुभब आदान प्रदान, सिकाइ समस्याहरूको पहिचान र समाधान गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।

त्यसै गरी शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले गाउँ पालिकाको शिक्षाको अवस्था सुधारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको  धारणा राख्नु भयो । आगामी दिनमा विषयगत उपलब्धिको विश्लेषण गर्दै कार्य सम्पादनका आधारमा शिक्षकलाई प्रोत्साहन गरिने बताउनु भयो।

शिक्षा तथा खेलकुद शाखा प्रमुख झक प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत प्राविधिक सहायक सुरेश रिमालले गर्नु भएको थियो ।

May be an image of 14 people and people studying

May be an image of 4 people and people studying

May be an image of 8 people, people studying and text

May be an image of 6 people and text

May be an image of 3 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *