काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षकी दाहालकाे काठमाण्डूस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उहाँ स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट पीडित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधवार दिउँसो पशुपति आर्यघाटमा दाहालको अन्तिम संस्कार हुने छ।त्यसअघि बिहान ११ बजेदेखि १ बजेसम्म शव माओवादी पार्टी कार्यालयमा राखिने जनाइएको छ।