चितवन ।
अविरल वर्षाले गर्दा गरको पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाे छ । यस सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हाे । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भइरहेको प्रहरीले जनाएको छ ।