पर्वत ।
जिल्लाको जलजला गाउँपालिकामा गत आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६२ जना लाभान्वित भएका छन् भने १३ वटा योजना निर्माण सम्पन्न भएका छन् ।
सो कार्यक्रम मार्फत नौ वटा वडामा ६२ जना बेरोजगारहरुले ९७ दिनका दरले कुल पाँच हजार ५५६ दिन बराबरको रोजगार पाएका गाउँपालिकाको रोजगार शाखा प्रमुख चित्रनाथ आचर्यले बताउनुभयो ।
रोजगार कार्यक्रम मार्फत मोटर बाटो सोलिङ, पदमार्गका योजनाहरु निर्माण भएको आचार्यले जानकारी दिनुभयो । सडक निर्माण सम्भव नभएका बस्तीमा ढुंगाको सिढी चिनेर पदमार्ग बनाएपछि स्थानीयबासीलाई हिडडुल गर्न सहज भएको छ ।
उक्त कार्यक्रममा गाउँपालिकाले कुल रु.५० लाख २० हजार ८ सय ५२ खर्च गरेको उहाले बताउनुभयो ।