गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौँ ।

नेपालकी चर्चित पौडीवाज गौरिका सिंहले २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा गौरिकाले महिला १०० मिटर ब्याकस्ट्रोकको हिट चरणमा १ मिनेट ०६.८० सेकेन्डबाट दूरी पार गरी राष्ट्रिय कीर्तिमान बनाइन् । उक्त इभेन्टमा ६१ खेलाडीले सहभागिता जनाएकोमा गौरिका ५१ औं स्थानमा रहिन् ।

गौरिकाको यसअघि १ मिनेट ७.३१ सेकेन्डको कीर्तिमान उनको नाममा थियो । उनले उक्त कीर्तिमान १२ औं दक्षिण एसियाली खेलकुदमा गुवाहाटीमा बनाएकी थिइन् । १२ औं सागमा १ रजत र तीन कांस्य जितेकी गौरिकाले १३ औं सागमा ४ स्वर्ण जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *