कक्षा १२ काे परीक्षाफल प्रकाशनको अन्तिम चरणमा

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेको जानकारी दिए।

उहाँले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पार्नु भयो। बोर्डले साउन भित्रमै परीक्षाफल प्रकाशन गरी सक्ने प्रतिबद्धता जनाएको छ।

नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।

यसरी हेर्नुहोस् परीक्षाफल

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *