भोली देखि कुश्मामा ब्याडमिन्टन प्रतियोगीता हुँदै

पर्वत ।

जिल्लाको कुस्मा नगरपालिकाको बडागाउँ मा खुला तथा सी लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा भोली देखि शुरु हुन  लागेको हो । राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगीता हुन लागेको हो ।

प्रतियोगितामा खुला तर्फ नेपालमा २० रयांकि भित्रका खेलाडी बाहेकका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन । सि लेभल तर्फ साविका धौलागिरी अंन्चल भित्रका खेलाडी र पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य रहि देश भरि रहेका सदस्यहरुले सहभागि हुन पाउनेछन् ।

प्रतियोगताको खुला तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी सि लेभल तर्फ प्रथम पुरस्कार रु २० हजार, द्वितीय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ६ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

खेलको भोली मोदी काली ब्याडमिन्टन संघको कर्भडहलमा मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उद्घाटन गर्नेछन् । खेलकुदमा विभिन्न जिल्लाका दर्जन बढि समूहहरु सहभागी हुने आयोजक संस्थाका संयोजक जगदिश सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *