प्रत्येक स्थानीय तहमा एउटा स्मार्ट विद्यालय

काठमाडौं ।

प्रदेश र स्थानीय तहहरूले अबदेखि हरेक कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाउनुपर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका ०८०/८१ को कार्यक्रम कार्यान्वयन मार्गदर्शनमा उक्त व्यवस्था गर्नुपर्ने भनिएको छ।

कार्यक्रम कार्यान्वयन मार्गदर्शनको बुँदा ११ मा भनिएको छ, ‘हरेक स्थानीय तहमा कम्तीमा एक विद्यालयलाई  स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाउने।’यस्तै, शिक्षा मन्त्रालयले साक्षर एवं अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चितताको घोषणा गर्न विशेष कार्य योजना निर्माण गरी कार्यान्वयन गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *