बागलुङदेखि पोखरा जाँदै गरेको जिप खोलाले बगाउँदा तीन जना बेपत्ता

पर्वत।

बागलुङबाट पोखरा जाँदै गरेको जिप खोलामा आएको बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८ को (चुवा र खरेहा)को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाउँदा जिपसहित सवार तीन जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

पर्वत प्रहरीका अनुसार जिपमा सवार चार मध्ये जिप चालक भने सकुशल छन् । बाढीले बगाउँदा बेपत्ता भएको जिप र यात्रुहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ

छ ।  बेपत्ता यात्रुहरुको पहिचान अझै खुल्न सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *