पर्वत ।
कुस्मा नगरपालिकाकाे तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ नौ डाँडाका ३४ वर्षिय बिजय भन्ने माधव पौडेलको शव भेटिएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज विहान उनको शव भेटिएको हो ।
घटनामा परेका रुपन्देही जिल्ला तिलोत्तमान गरपालिका ९ का ३४ वर्षिय गोपाल बस्यालको भने सोहि दिन शव फेला परेको थियो। वेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका वडा नं. ३ इदिका ५१ वर्षिय डम्वर बहादुर थापाको अवस्था भने अझै अज्ञात रहेको छ । घटनास्थलमा सुरक्षाकर्मीले खोजी कार्य भने जारी राखेका छन् ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६ बजे बाढीले बगाउँदा तीन जना यात्रु बेपत्ता भएका थिए ।