बझाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गयो

पर्वत ।

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । भुकम्पले बझाङको एउटा विद्यालय भवन भत्किएकाे छ ।

हालसम्म भूकम्पबाट भएको क्षतिको अन्य कुनै विवरण प्राप्त भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *