विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत, संशोधन पेश गर्न बहत्तर घण्टाको समय

काठमाण्डौ ।

विद्यालय शिक्षा विधेयक-२०८० विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार जवाफ दिएका थिए।

मन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए।

सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो।

प्रतिनिधि सभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *