पर्वत ।
जिल्लाको सदरमुकाम कुश्मा बजारमा सोमबार बेलुका भएको स्कुटर दुर्घटनामा एक जना किशोरीको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार अपराह्न करिब ४ बजेकुश्मा नगरपालिका–५ कुमाल टोलमा विपरित दिशाबाट आइरहेका दुई ओटा स्कुटर आपसमा ठोक्किएका थिए।
कुश्मा नगरपालिका–१ पाङका अनिश नेपालीले चलाएको ग २१ प ४२९० नम्बरको स्कुटर र कुश्मा नगरपालिका–५ बडागाउँका गोपाल गौडलेले चलाएको ध १ प ८३२४ नम्बरको स्कुटर आपसमा ठक्कर खाएका थिए।
सो दुर्घटनामा ग २१ प ४२९० नम्बरको स्कुटरको पछाडि सवार कुश्मा नगरपालिका–४ बस्ने १९ वर्षीया आशिका बोहोराको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेर बेहोस अवस्थामा उनलाई उपचारका लागि तत्कालै पर्वत अस्पतालमा लगिएको थियो। उनलाई केही समयमै चिकित्सकले मृत घोषणा गरेका हुन ।
बोहराको शव पोस्टमार्टमको लागि अस्पतालमा नै राखिएको छ भने प्रहरीले दुवै स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ।