काठमाडौं ।
फिफा विश्वकप छनोटको दोस्रो लिगमा लाओसलाई १-० गोलले हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।
नेपाल गत बिहीबार काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा बराबरी खेल्दै हारबाट जोगिएको थियो ।
नेपालले अब दोस्रो चरणमा समूह ‘एच’ मा खेल्नेछ । त्यस समूहमा यूएई, बहराइन र यमन रहेका छन् । अब समूहमा ‘होम एन्ड अवे’ आधारमा खेल हुनेछन् ।