मोदी, पर्वत ।
विजया दशमीकाे अवसरमा विगत वर्षको झै यसवर्ष पनि देवपूरकोट कालिका तथा भंवरकोट धार्मिक क्षेत्र विकास समितिको आयोजनामा फूलपातीको दिन ८ किमी खुला म्याराथन(दौड) प्रतियोगिता हुने भएको छ ।
पातिचौर बजारकाे देउपुर चोकदेखि कालिका भगवती मन्दिर कोट मैदान सम्म करिब ८ कि.मि लामो खुल्ला .”कालिका भगवती दर्शन धावनउत्सव” ( लामो दौड प्रतियोगिता ) सहित धावक सम्मान तथा ईतिहास स्मरण कार्यक्रम एवम् युवाहरूको क्षमता संरक्षण कार्यक्रम आयोजना गरिएको आयोजक धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
सो प्रतियोगितामा प्रथम हुने धाबक लाई १० हजार ,द्वितीय ५ हजार र तृतीय पुरस्कार ३ हजार रहेको छ भने सान्त्वना पुरस्कार १ हजार रुपैया रहेको छ । साथै विजयी खेलाडीहरुलाई पुरस्कार काे साथमा फूलमाला ,खादा ,अविर र प्रमाणपत्र सहित गाजाबाजाद्वारा सम्मान गरिने कार्यक्रम रहेको देउपुर कोट कालिका मन्दिरमा मूल पुजारी विष्णु प्रसाद सुवेदीले जानकारी दिनु भयो ।
कार्तिक ४ गते शनिबार फूलपातीको दिनमा हुने उक्त प्रतियोगिता दिउँसो २ बजे पातिचौर बजारबाट आरम्भ हुनेछ । सो प्रतियोगिताकाे प्रायोजक देवपूरकोटथर घर भई हाल अमेरिकामा कार्यरत समाजसेवी गोविन्द खड्का रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा छव्विस हजार तिनसय एकचालीस रुपैयाँ खर्च हुने बताइएको छ ।
