सुनको मूल्य हाल सम्मकै उच्च : प्रति तोला १ लाख १३ हजार ७ सय पुग्यो

काठमाण्डौ ।

सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको हो । जुन अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

हिजो सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *