खुमन अधिकारी लोकदोहोरी क्षेत्रमा चलेका गायक हुन् । ८ हजार बढी गीत गाएका खुमनका ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका थुप्रै गीत चर्चित छन् । उनै खुमनसँग गरिएको कुराकानी यसप्रकार छः
स्टेज कार्यक्रमहरु अहिलेसम्म ठप्पजस्तो नै छ । यसैले, स्टेजमा व्यस्त हुने कुरा त भएन । पछिल्लो केही समयदेखि म गीत रेकडिङ्गमा नै व्यस्तु छ । मेरा नयाँ ४ वटा गीत रिलिजका क्रममा छन् । लकडाउनपछि काठमाण्डौमा नै २ वटा स्टेज कार्यक्रम गरेँ । अब, केही दिनमै बुटवलमा आयोजना हुने अर्को एक स्टेज कार्यक्रममा जाँदैछु ।
लामो समयपछि स्टेज चढ्दाको अनुभव कस्तो रह्यो ? दर्शक–स्रोताहरु कत्तिको उत्साहित पाउनुभयो ?
लामो समयपछि स्टेज चढ्न पाएकाले पनि होला म आफै पनि उत्साहित थिएँ । दर्शकमा पनि मैले उत्साह देखेँ । मैले चैत्रदेखि स्टेज चढेर माइक समातेर गाउन पाएको पहिलो पटक हो भनेर सो कार्यक्रममा भनेको पनि थिएँ । स्टेज चढ्ने आशामा धेरै महिना वित्यो, अब भने आशा पलाएको छ ।