अबिरल वर्षाले पाकेको धान बालीमा क्षति

पर्वत

केही दिन देखि परेकाे अबिरल बर्षाले पाकेर थन्क्याउने बेला भएको यहाँकाे धान बालीमा क्षति पुगेकाे छ । लगातार बर्षा भए पछि यहाँका किसान चिन्तित भएका छन् । अबिरल वर्षाले  पाकिसकेकाे  धान झार्नुका साथै बोट समेत ढालेकाे छ ।

माेदी गाउँ पालिकाका अधिका‌श स्थानहरुमा अहिले बर्षा भइरहेकाे छ ।   एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो भन्ने  चिन्ता किसानमा थपिएकाे छ । पानी परेसँगै जाडो पनि  बढेको छ ।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका छन् ।  दसैका लागि घरआएका व्यक्तिहरु  कार्यक्षेत्रमा फर्किन समेत समस्या भएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *