नेपाली यु-२३ टोली ताजिकिस्तान प्रस्थान

काठमाडौं : नेपाली यु-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेको छ। एएफसी यु-२३ एसियन कप छनोटका खेल्न नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

छनोटमा नेपालले पहिलो खेल अक्टोबर २५ मा इरानसँग खेल्नेछ। यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। नेपाल समूह ‘बी’मा छ। उक्त समूहमा नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान रहेका छन्।

छनोट खेलअघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यु-२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाली टिमको गोलकिपरमा अर्पण कार्की, अविशेक बराल र विशाल सुनार रहेका छन्। यस्तै‚ डिफेन्डरमा राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रन्दिप पौडेल, अनिल महर्जन र अविशेक लिम्बु रहेका छन्।

टिमको मिडफिल्डरमा आयुस घलान, नितिन थापा, सुरज ज्यु ठकुरी, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी र एरिक विष्ट रहेका छन्। फरवार्डमा ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल र दर्शन गुरुङ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *